शहीद स्मारक ‘ए’ डिभिजन लिगः  फ्रेन्ड्स क्लबले जित्यो

शहीद स्मारक ‘ए’ डिभिजन लिगः  फ्रेन्ड्स क्लबले जित्यो

काठमाण्डौँ । राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फूटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमवार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ६–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।

फ्रेन्ड्सको जीतमा राफिक अमिनुले २ गोल गरे भने अमित तामाङ, उत्तम राई, टोरिक जेब्रिन र अखरबेक उक्तामोभले समान १र१ गोल गरे ।

प्रतियोगितामा फ्रेन्ड्सको यो दोस्रो जीत हो । फ्रेन्ड्सले ८ अंक जोडेको छ । हिमालयन शेर्पाको ९ अंक छ । सोमवारै भएको अर्को थ्री स्टार क्लब र चर्च ब्वाइज युनाइटेड बीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

सातदोबाटोस्थित च्यासल रंगशालामा भएको खेलमा थ्री स्टार र चर्च ब्वाइजले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । यस खेलसँगै थ्री स्टार र चर्च ब्वाइज क्लबले ९ खेलबाट समान १५ अंक जोडेका छन् ।