लम्की बजार तनाबग्रस्त बन्दै ,प्रहरीको टाउको फुट्यो

लम्की बजार तनाबग्रस्त बन्दै ,प्रहरीको टाउको फुट्यो

कैलाली जिल्लामा मंगलबार बिहान ट्रकले ठक्कर दिँदा एकजना छात्राको मृत्यु भएपछि शुरू भएको प्रदर्शनले उग्ररुप लिँदा झडप भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ९२३३ को ट्रकले ठक्कर दिँदा स्थानीय लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा सुनिता रावलको मृत्यु भएपछि विवाद शुरु भएको थियो ।

आफन्त र विद्यार्थीले प्रदर्शन गर्दा लम्की बजार तनावग्रस्त बनेको छ ।प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै दर्जनौं सेल अश्रु ग्यास हानेको छ ।

प्रदर्शनका क्रममा केही प्रहरी र स्थानीय घाइते भएका छन् । प्रदर्शन नियन्त्रणमा लिन बाक्लो मात्रामा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।