नटिङ्‌घम फरेस्टमाथि म्यानचेस्टर युनाइटेडको सहज जित

नटिङ्‌घम फरेस्टमाथि म्यानचेस्टर युनाइटेडको सहज जित

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले नटिङ्‌घम फरेस्टलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले नटिङ्‌घम फरेस्टलाई २-० गोल अन्तरले पराजित गरेको हो । खेलको ३२ औँ मिनेटमा एन्टोनीले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १-० को अग्रता लिएको म्यानचेस्टर युनाइटेडले दोस्रो हाफमा थप एक गोल गरेको थियो । खेलको ७६ औं मिनेटमा डिएगो डालोटले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई २-० को जित दिलाए ।

जितसँगै म्यानचेस्टर युनाइटेड लिगको तेस्रो स्थानमा उक्लिएको छ । म्यानचेस्टर युनाइटेडले ३० खेलमा ५९ अंक जोडेको छ । पराजित भएको नटिङ्‌घम फरेस्ट भने ३१ खेलबाट २७ अंक जोडेर लिगको १८ औँ स्थानमा छ ।