युवतीको मृत्युपछि लम्कीबजार तनावग्रस्त, झडप हुँदा ७ प्रहरी घाइते

खवर संवाददाता    

युवतीको मृत्युपछि लम्कीबजार तनावग्रस्त, झडप हुँदा ७ प्रहरी घाइते

कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक युवतीको ज्यान गएपछि आक्रोशित स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको छ ।राजमार्ग बन्द गरेर प्रदर्शनमा उत्रेका मृतकका आफन्त र प्रहरीबीच झडप हुँदा सात प्रहरी र एक शिक्षक घाइते भएका छन् । घाइतेको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ ।

लम्कीचुहा नगरपालिका ३ मा ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा १९ वर्षकी सुनीता रावलको ज्यान गएको थियो ।घटनापछि मृतकका आफन्त तथा स्थानीय बासिन्दाले प्रदर्शन थालेका हुन् ।उनीहरुले उचित क्षतिपूर्ती र दोषीलाई कारबाहीको माग राखेर पूर्वपश्चिम राजमार्गमा सवारीका साधन चल्न दिएका छैनन् ।

राजमार्ग खुलाउन गएको प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरेर घाइते बनाएका कैलालीका एसपी आभूषण तिमिल्सेनाले जानकारी दिए ।अहिले पनि लम्कीबजार तनावग्रस्त छ ।मृतकको शव आफन्तले उठाउन दिएका छैनन् ।



मङ्गलबार १७, बैशाख २०७६ १२:३४ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस