एपीएफलाई हराउँदै संकटा तेस्रो स्थानमा

एपीएफलाई हराउँदै संकटा तेस्रो स्थानमा

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लबले आइतबार विभागीय टोली एपीएफलाई १(० ले पराजित गरेको छ । च्यासल मैदानमा भएको खेलमा संकटालाई जिताउन जुनियर एनकेन्गुएले निर्णायक गोल गरे ।

उनले खेलको २९ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । एपीएफका एडमा डोम्बियाले आयुष घलानलाई पेनाल्टी एरियामा लडाएपछि प्राप्त पेनाल्टीमा जुनियरले गोल गरे ।

संकटा क्लबका गोलकिपर टिकेन्द्र थापा र एपीएफका खेलाडीको जर्सी रंग एउटै भएपछि यो खेल ढिला खेल सुरु भएको थियो । गोलकिपर थापाले पोलो टिर्सट लगाएर मैदान उत्रेपछि खेल सुरु भएको थियो ।

खेलमा तीन खेलाडीले रातो कार्ड पाएका थिए । संकटाका मनिष डाँगी र एपीएफका दिपेश धिमालले ६९औं मिनेटमा लगतार दोहोरो पहेँलो ९रातो० कार्ड पाएका थिए ।

यस्तै संकटाका आन्द्रे थियरी बिकिबकले ७६औं मिनेटमा रातो कार्ड पाएका थिए ।