पुलिसलाई हराउँदै एपिएफ भलिबल च्याम्पियन बन्यो

पुलिसलाई हराउँदै एपिएफ भलिबल च्याम्पियन बन्यो

काठमाडौँ । विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिसलाई हराउँदै अर्को विभागीय टोली एपिएफले प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद ९राखेप० को कभर्डहलमा सम्पन्न फाइनल खेलमा एपिएफले पुलिसमाथि ३–१ सेटमा जित निकालेर च्याम्पियन बनेको हो । विभागीय तीन र दुई प्रदेशले सहभागिता जनाएको प्रतियोगिताको विजेता एपिएफले विजेताले ४ लाख रुपैयाँ तथा उपविजेता पुलिसले २ लाख रुपैयाँ हात पारेको छ ।

लिग चरणको खेलमा पराजित भएको एपिएफले पुलिसबिरुद्ध उत्कृष्ट प्रदर्शन गर्न सफल भएको हो । पहिलो सेटमा २५–२० ले जितेको एपिएफले दोस्रो सेट भने १७–२५ ले गुमाउन पुगेको थियो । १–१ को सेटपछि प्रतिस्पर्धात्मक बनेको तेस्रो सेटको खेलमा एपिएफले पहिलो सेटमा देखाएको प्रदर्शनलाई निरन्तरता दियो । तेस्रो सेटको शुरुवातमा पुलिसले खाता खोल्दै अगाडि बढे पनि २५–१६ को सहज जित निकाल्दै एपिएफ २–१ को सेटमा अगाडि रह्यो । चौथो सेटमा पनि एपिएफले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदा २५–२२ ले खेल पक्षमा पार्दै च्याम्पियन बन्यो ।

प्रतियोगिता अन्तर्गत शनिवार नै तेस्रो स्थानका लागि भएको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लवले गण्डकी प्रदेशलाई गण्डकी प्रदेशलाई ३–० को सेटमा हराएर तेस्रो स्थान हासिल गर्यो । आर्मीले गण्डकीमाथि २५–१८, २५–११ र २९–२७ ले हराएको हो । तेस्रो भएसँगै आर्मीले १ लाख र चौथो भएको गण्डकीले ५० हजार प्राप्त गर्यो ।

पाँच टोलीले सहभागिता जनाएको प्रतियोगितामा एपिएफका टेकराज अवस्थी सर्वोत्कृष्ट खेलाडी चुनिँदै नगद १५ हजार रुपैयाँ हात पारे । यस्तै उत्कृष्ट स्पाईकर आर्मीका धन बहादुर भट्ट घोषित हुँदा उत्कृष्ट लिबेरोको उपाधि एपिएफका विनोद चन्दले पाए ।