बाँदरसँग सम्बन्धित रोचक तथ्य जानिराखौँ

बाँदरसँग सम्बन्धित रोचक तथ्य जानिराखौँ

बाँदर एक बुद्धिमान र चतुर प्राणी हो । बाँदरसँग प्राकृतिक रूपमा धेरै अद्भुत प्रतिभाहरू छन् जसको मद्दतले बाँदरले सजिलै आफ्नो जीवन बिताउन सक्छ। सबैभन्दा राम्रो कुरा के भने उनीहरूमा एक–अर्काप्रति मानिसको जस्तै भावना र प्रेम हुन्छ।

बाँदरहरू एकअर्काको सम्पर्कमा कसरी रहन्छन् 

विश्वमा २६० भन्दा बढी प्रजातिका बाँदर रहेको बताइन्छ । प्रायः यी बाँदरहरूले एकअर्काको शरीरबाट कीरा र फोहोर निकाल्छन् र यसो गर्दा उनीहरूको माया र मित्रता बढ्छ। एक हिसाबले, यो एकअर्कासँग सम्पर्क राख्ने तरिका हो। भेर्भेट बाँदरहरू एकअर्काको कपाल कोरिदिन्छन्, जसले गर्दा तिनीहरूको जीउको कपाल बाक्लो हुन्छ।

बाँदरहरू कस्तो रुखमा सुत्छन् 

बाँदरहरूले राति सुत्नको लागि धेरै सावधानीपूर्वक रूखहरू छान्छन्। सामान्यतया तिनीहरू अग्लो र एकअर्काबाट अलि टाढा भएका हाँगाहरू सहित पृथक रूखहरू छनौट गर्छन्। यसले उनीहरूलाई सिकारीहरूबाट बच्न पनि मद्दत गर्छ। विश्वमा अहिले घट्दै गएको वनजंगलका कारण बाँदरले खाद्यान्न र पानीको सहज पहुँचका लागि मानव बस्ती नजिकै आश्रय बनाएका छन् ।

केरा बाहेक बाँदरले चरा र मुसा पनि खान्छन् 

बाँदरलाई केरा मन पर्ने कुरा सबैलाई यहाँहरुलाई थाहा नै होला। अधिकांश बाँदरहरू सर्वहारी हुन्छन् र तिनीहरूले केरा, सुक्खा फलफूल, फूल, तरकारी, बोक्रा, जराका साथै चरा, मुसा र आफ्नो प्राकृतिक बासस्थानमा उपलब्ध सबै खानेकुरा खाने गर्छन्। यसबाहेक उनीहरुले गंगटो, झिङ्गा र शंखेकिरा जस्ता इन्भर्टेब्रेटलाई पनि मिठो मानेर खान्छन् ।

चिम्पान्जी र गोरिल्ला बाँदर होइनन्

प्रायः धेरैले चिम्पान्जी र गोरिल्ला जस्ता जनावरहरूलाई बाँदरकै प्रजाति ठान्दछन् , तर यो सत्य भने होइन । बाँदरहरू यी दुई जनावरभन्दा फरक हुन्छन् । बाँदरको पुच्छर हुन्छ भने चिम्पान्जी र गोरिल्लाको पुच्छर हुँदैन। यी जनावरहरू बाँदरभन्दा पनि ठूला र बुद्धिमान् पनि हुन्छन्।

बाँदरको औँला मानिसको जस्तै हुन्छ

बाँदरको हातमा पनि मानिसको जस्तै औंलाहरू हुन्छन्। यद्यपि, उनीहरूको औँलाको धेरै काम हुँदैन । बरु मानिसको हरेक काममा औँलाको महत्वपूर्ण योगदान हुन्छ र औँलाबिना मानिस असहाय बन्न पुग्छ । कहिले काहीँ बाँदरले पनि केही खाँदा औँला प्रयोग गरेको देख्न सकिन्छ ।