एनएनबी बैंकद्धारा धनगढीमा हेरिटेज वाक

एनएनबी बैंकद्धारा धनगढीमा हेरिटेज वाक

धनगढी । एनएनबी बैंकका विभिन्न शाखाले विश्वसम्पदा दिवसको अवसरमा सरसफाई तथा विभिन्न सचेतना कार्यक्रम गरेको छ । शनिवार एनएनबी बैंक सुदूरपश्चिम प्रदेशका प्रमुख श्याम अधिकारीको नेतृत्वमा विश्वसम्पदा दिवसको अवसर पारेर धनगढी बजार र शिवपुरी धाम लगाएतका मन्दिरहरुमा सरसफाई तथा डस्टविन वितरण गरेको छ । सम्पदा संरक्षणका लागी सचेतनामुलक पम्लेट सहित सम्पदा पदयात्रा(हेरिटेज वाक) गरिएको एनएनबी धनगढी शाखाको कार्यालय प्रमुख अमन जोशीले बताए । 

सुदूरपश्चिम प्रदेश प्रमुख अधिकारीको नेतृत्वमा विभिन्न शाखाहरुका प्रमुख एवम् कर्मचारीहरुको उपस्थितिमा धनगढी बजार क्षेत्र तथा शिवपुरी धाम लगाएतका मन्दिरमा सरसफाई र डस्टविन वितरण गरिएको हो ।’ उनले भने ‘यस्तै विश्व सम्पदाको संरक्षणका लागी विभिन्न सचेतनामुलक ब्यानर,पम्लेट सहित सम्पदा पदयात्रा(हेरिटेज वाक) समेत गरका छौँ ।’