राना–थारु समुदायको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री देउवा

राना–थारु समुदायको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री देउवा

धनगढी । कैलाली कञ्चनपुरमा रहेका राना–थारु समुदायको विकासका लागि प्रदेश सरकार प्रतिबद्द रहेको सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले उल्लेख गरेका छन्।

राना संस्कृति संरक्षण तथा विकास मञ्चको आयोजनामा धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा २ दिने राना–थारु महोत्सवको उद्घाटन गर्दै मन्त्री देउवाले यस्तो बताएका हुन्। कार्यक्रममा मन्त्री देउवाले कैलाली कचनपुरका रानाथारुहरूको सामाजिक र मानवीय विकासका लागि प्रदेश सरकारले आवश्यक नीतिगत रूपमा र संरचना गतरूपमा सुधार गरी कार्य अगाडि बढाउने बताए।