भाषा संरक्षक जीवन राना जनसेवाश्री पदकबाट बिभुषित

भाषा संरक्षक जीवन राना जनसेवाश्री पदकबाट बिभुषित

काठमाडौँ । सरकारले राना थारु समाजकी पूर्व अध्यक्ष तथा भाषा संरक्षक जीवन रानालाई  जनसेवाश्री पदक प्रदान गरेको छ ।

सरकारले राना थारु समुदायको हकहित अधिकार तथा राना भाषाको संरक्षणमा पुर्याएको योगदानको कदर गर्दै रानालाई  जनसेवाश्री पदक प्रदान गरेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले रानालाई नयाँ वर्षको अवसरमा शुक्रवार प्रबल जनसेवा प्रदान गरे ।