नेपालमा अम्बेडकरबाद विशाल बन्दै : जैगडी

नेपालमा अम्बेडकरबाद विशाल बन्दै : जैगडी

धनगढी । नेपाल बौद्ध अम्बेडकर महासभाले भारतका संविधान निर्माता बाबा साहेब डा. भिमराव अम्बेडकरको १३२ औँ जन्म जयन्ती काठमाडौँमा भव्यताका साथ सम्पन्न गरेको छ । 

काठमाडौँको विश्व शान्ति बिहारमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि भिक्च्छु अशोक माहास्तवीरले बुद्धलेनै विश्वमा समतामूलक समाजको निर्माण गर्न क्रान्तिको सुरुवात गरेका थिए तिनै महान् व्यक्तिवको बिचारलाइ आत्मासाथ गर्दे डा. बाबा साहेब अम्बेडकरले पनि समाजका शोषित,पीडित समुदायको मुक्तिका लागि निरन्तर आवज आएका थिए तिनै माहन व्यक्तिको बिचारलाई अब नेपालमा पनि विशाल बनाउन पर्ने आवश्यक रहेको बताएका थिए ।

यस्तै नेपाल बौद्ध अम्बेडकर महासभाका केन्द्रीय अध्यक्ष मनोज जैगडीले यो जन्म उत्सव केवल जन्म उत्सव मात्र नभएर डा. भिमराव अम्बेडकरकका बिचारहरूलाई जागरण गर्न देश व्यापी अभियान सुरुवात भएको बताएका छन् । जब सम्म नेपालमा बाबा साहेब डा.भिमराव अम्बेडकरको बिचार लाई हामी आत्मासाथ गर्न सक्दैनौ तब सम्म नेपाका उत्पीडित समुदायको उत्थान नहुने बताएका छन् ।

त्यस्तै पुर्वमन्त्रि केशवमान शाक्य, विशेन्द्र पासवान,रिजवान अन्सारीले समेत नेपालमा दलित,जनजाति, अदीबासी, महिला, मुस्लिम समुदायको उत्थानकालागी बाबा साहेबको बिचार अनुसरण गर्दे अगाडी बढ्नु पर्ने आवश्यक रहेको बताएका छन् । कार्यक्रमका अतिथि डा.मान बहादुर विश्वकर्मा, पूर्व राजदूत डा.निर्मल विश्वकर्मा, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, डा.मित्र परियारले समेत अब नेपालका शोषित पीडित समुदायको हक अधिकारका लागी सम्पूर्ण दलित अगुवाहरू एक भएर अगाडी बढ्दै नेपालमा अब अम्बेडकरबादको सुरुवात भइसकेको  बताएका छन् ।

कार्यक्रममा अभियन्ता एवं सञ्चार कर्मी सरु सुनारले अब दलित समुदायको हक अधिकारकालागी दलित समुदायहरुले फुटेर जुटेर अगाडी बढ्नु पर्ने आवश्यक रहेको बताएकी छन् । कार्यक्रममा पत्रकार हरिष बिक लगायत ६ जना सञ्चारकर्मीहरुलाई सम्मान गरिएको छ ।