मधेसमा यसरी मनाइँदैछ जुडशितल पर्व

मधेसमा यसरी मनाइँदैछ जुडशितल पर्व

महोत्तरी । मिथिला क्षेत्रमा आज ‘जुडशीतल’ पर्व मनाइँदै छ। विक्रम स‌वत्अनुसारको नयाँ वर्षसँगै जीवनमा शीतलताको कामना गर्दै ‘जुडशीतल’ पर्व मनाइन्छ।

वैशाख संक्रान्तिका दिन सुरु हुने पर्व विधिमा वैशाख–२ गते घर परिवारका ठूलाले सानालाई शिरमा जल सिञ्चन गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिने परम्परा छ।

मिथिलामा घरका कुलदेवताको पूजाआराधना गरिने थोरै पर्वमध्ये ‘जुडशीतल’ पर्छ। यो पर्वमा पकाइने सबै खाद्य परिकार इष्टदेवता (कुलदेवता) लाई चढाउने परम्परा छ।

वैशाख संक्रान्तिका दिन ‘जुडशीतल’ पर्व सुरु गरिन्छ। पहिलो दिन चना (बदाम), जौ, मकै, कँगनो , गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खरामा सखरको सर्वत बनाएर कुलदेवतालाई चढाएपछि कूलपुरोहित, ब्राह्मण र साधुहरुलाई दान गरिन्छ। बढ्दो गर्र्मीमा शितलता दिने चना, मुँग र जौका परिकार यस पर्वमा विशेष मानिन्छन्। पहिलो दिन सातु र सर्वत दान दिएर यिनै परिकार खाइने विधिलाई मिथिलामा ‘सतुवाइन’ भन्ने गरिएको छ।

दोस्रो दिन अर्थात् वैशाख–२ गते घर÷घरमा परिवारका ज्येष्ठ सदस्यले आफूभन्दा सानालाई शिरमा जल सिञ्चन गर्दै आरोग्य शीतलता र दीर्घजीवनको आशीर्वाद दिन्छन्। नयाँ वर्षले जीवनमा शितलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति र परम्पराका ज्ञाताको भनाइ छ। यसै सन्देशको पृष्ठभूमिमा गर्मी मौसमको यस पर्वमा चनाको सातु, दाल, सोहिजन ९मुन्गा० को तरकारी, बदामको पिठोबाट बनाइएको बरी र दही मथेर कढी पकाएर खाने परम्परा छ।

जुडशितल पर्वमा आफ्ना खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ। धुलो र हिलो माटो छ्यापाछ्या गरेर कृषि कार्यमा सधैँ लागि रहन पाइयोस् भन्ने कामना रगरिने भङ्गाहा–७ मेघरोलका बासिन्दा चन्द्रनारायण सिंह थारु बताउँछन्।