गौतमबुद्ध बिमानस्थलबाट सिधै मलेसिया र भारतको उडान सुरु हुने

गौतमबुद्ध बिमानस्थलबाट सिधै मलेसिया र भारतको उडान सुरु हुने

काठमाडौँ । नेपाल वायुसेवा निगमले भैरहवास्थति गौतमबुद्ध बिमानस्थलबाट सिधै मलेसिया र भारतको उडान सुरु गर्ने भएको छ । आगामी मे, २०२३ को अन्तिम साताबाट निगमले मलेसियाको क्वालालम्पुर र भारतको दिल्ली उडान सुरु गर्ने तयारी गरेको हो । 

अप्रिलबाट लागू हुने गरी गौतमबुद्ध बिमानस्थलबाट साताको दुई उडान स्लट पाएको निगमले मंगलबार र बिहीबारको दिन उडान गर्ने छ ।