राना थारुको सामाजिक र मानविय विकासका लागि प्रदेस सरकार तयार छः मन्त्री देउवा

राना थारुको सामाजिक र मानविय विकासका लागि प्रदेस सरकार तयार छः मन्त्री देउवा

धनगढी, । राना थारुको सामाजिक र मानविय विकासका लागि प्रदेश सरकार तयार रहेको सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले बताएका छन ।

 राना संस्कृती संरक्षण तथा बिकास मचको आयोजनामा धनगढी उपमहानगरपालिका वडा नम्बर  १३ मा २ दिने  रानाथारु महोत्सबको उदघाटन गर्दै मन्त्री देउवाले  कैलाली कंचनपुरमा रहेका रानाथारु समुदायको विकासका लागि प्रदेश सरकार प्रतिबद्द रहेको उल्लेख गरे ।

कार्यक्रममा मन्त्री देउवालाई कैलाली कचनपुरका रानाथरुहरुको सामाजिक र मानबिय बिकासका लागी प्रदेश सरकारले आवश्यक नीतिगत रुपमा र संरचना गतरुपमा सुधार गरि कार्य अगाडी बढाउने बताए । साथै उनले यस्ता महोत्सवले रानाथारु साँस्कृति संरक्षण  तथा सामाजिक बिकास र साँस्कृतिक पर्यटन बिकासमा महत्वपूर्ण भुमिका खेल्ने उल्लेख गरे ।  

आगामी दिनमा यस्ता महोत्सवमा प्रदेश सरकारले आर्थिक सहयोग गर्ने मन्त्री देउवाले बताए । उक्त अवसरमा आयोजक राना संस्कृती संरक्षण तथा बिकास मचले मन्त्रीलाई ५ बुदे ज्ञापन पत्र समेत पेश गरेका थिए । जसमा  धनगढी उपमहानगरपालिका वडा न १३ मा निर्माणा  निर्माणाधीन रानाथारु संग्राहलयको जग्गाको स्वामित्व सग्रहालयको हुनु पर्ने, सग्रहालयको निर्माणका लागि प्रदेश सरकारले समन्वयकारी भुमिका खेल्नु पर्ने, महोत्सको लागि आगामी दिनमा बजेटको ब्यवस्था गर्नु पर्ने, मचले सचालन गरिरहेका जनचेताना र शैक्षिक कार्यक्रमका लागि सरकारले बजेट ब्यवस्थापन गर्नु पर्ने लगायतका मागहरु रहेका छन ।
उक्त महोत्सबमा धनगढी उपमहानगर पालिकाका उपमेयर कन्दकाला राना , कृष्णपुर नगरपालिकाका उप प्रमुख , वडा न १३ का वडा अध्यक्ष बिजयराज जोशीले महोत्सवको सफलताका लागि शुभकामना दिए ।
 दुई दिन सम्म चल्ने उक्त महोत्सब बिगत १३ बर्ष देखि नयाँ बर्षको दिन देखि आयोजना गरिदै आएको छ । साथै उक्त महोत्सवमा राना समुदायका सास्कृती, खानाका परिकार र कलाकारले सास्कृती झल्काउने पहिरन, नाचगान र गित तथा सगित समेत प्रस्तुत गरेका थिए । महोत्सवको मुख्य प्रवर्धक धनगढी उपमहानगरपालिका वडा न १३ रहेको  छ ।