राजनीति वासलात हैन ?

राजनीति वासलात हैन ?

शिक्षा र राजनीतिलाई नेपालमा बितेको परिदृश्य हेरि भाबिको उज्ज्वल भबिस्य छ सोच्नु उस्ता उस्तै हो ।
मानव जीवनको मरण एक अमृत हो । मानवीय आधारभुत आवश्यकताको परिपुर्ति र  बिर्दी बिकास नहुनु अहिलेको अस्थिर राजनीति हो । बिबेकशिल अनि  चेतनशिल प्राणिको लागि  शिक्षा र स्वास्थय अपरिहार्य तत्त्व हुन् । नेपालको साक्षरता मानव सूचकांमा भरिपुर्ण होला !अधिक्तम छन् पनि । तर अधिकांस बिग्यता हाशिल ब्याक्तित्वहरु नेपालमा छैनन् । यस्तो अवस्था सिर्जना गर्ने, नेपालीको स्वाभिमान ! इमानदारीता अस्थिरता गराउने, सिर्जनशील उर्बराशक्ती बिदेश पलायन गर्ने, धर्म सस्कृती,जातिय र भेगिए अवस्था लाई मुख्य एजेन्डा प्रस्तुत गरि आम जनमानसमा दोन्दको दिप प्रज्वलन गर्ने,अहिलेको बितृस्णा अन्ध अनि गन्ध नेपाली राजनीति हो । 

नेपाल सरकारको कुनैपनी कानुनी प्रक्रिया अथवा बुद्धा अनि दफा पुर्णतः छैनन् , हरेक कानुनी दफा उपदफा एक अर्का संघ मेलमिलाप अनि दोहोरो अर्थ जनाउने दुबिधाजनक कानुनी प्रक्रियामा छ ।  वैदेशिक कानुन लाई उच्च अनि गुणस्तरीय भएको भनी नेपाली जनतालाई  स्वार्थबिद एजेन्डामा कठपुतली झैँ रुमलाएर,सोशकलाई शासक बनाएर अहिले सम्मकै असन्लगन इतिहास रचेको ! निति पालन गरेको  राष्ट्रप्रती कालो दाग थप्दैछन । हरेक राजनीतिक दलको मुख्यः नीति र एजेन्डा पारदर्शी रुपमा पुर्णतः छैनन् । प्रत्येक बोलिको शब्दमा दोहोरो र अपुर्ण बाक्य प्रयोग गर्दै आईरहेका छन्। जुनकुरामा पुर्णता हुँदैन त्यसको कुनै औंचित्य र अर्थपूर्ण हुँदैन। जस्तैः  जन्म पछि मरण। (एक दिन अबस्य छ)एक्कासौ सताब्तिमा असम्भव कुनैपनी कुरा छैन ! जस्तो  मंगल ग्रहमा मानबको बस्ती बिस्तार हुँदै छ । मंगल ग्रहमा पानी छ भनेर पत्ता लगाउने बैज्ञानिकहरुको समुहमा हाम्रो देश नेपालका सुदुरपश्चिम प्रदेश पहाडी जिल्ला डोटी जन्मभुमि भइ हाल अमेरिकाको नासामा आबद्ध बैज्ञानिक लुजेन्द्र ओझा पनि एक हुन् ।

जस्को प्रतिफल हामी बिश्वमा गर्बित छौँ । तर अस्थिर राजनीति बिदेशी हस्तक्षेपले गर्दा हामी झन गरिबी र अमानवीय सभ्यतामा प्रवेश हुँदैछौँ । बितेको समय लाई सम्झेर अलमल पर्नु मुर्खताको एक उपज हो। गरेको गल्ती लाई स्वीकार गर्नु र सकारात्मक मस्यौदा उत्खन्न गर्नु बर्तमान समयको आवश्यकता हो । शिक्षा स्वास्थय  र बिकासका पुर्बाधार जबसम्म दिगोपन मनाउन सकिन्न तब सम्म देश र जनताको प्रगति कहिले हुन् सक्दैन। आमजनताहरु पनि स्वतन्त्र छैनन् किनकि कुनै न कुनै एक काल खण्डमा जोडिएका छन्! परिस्थिति र प्रवेशले जोडिन बाध्य पारिएका छ्न । कुनैपनी ब्याक्तीको नैसर्गिक र स्वतन्त्रता अधिकार स्वयंमा निर्भरता रहन्छ तर हाम्रो समाजमा बैचारिक सैद्धान्तिक अनि गुणस्तरीय मापन गर्ने आधारहिन र तथ्यहिन माध्यम उग्र हुनुका साथै कुसंस्कार शिक्षा र अन्ध राजनीतिले भयावह अबस्था सिर्जना गरेको छ ।
राजनीतिले गर्दा आम समुदायमा मेलमिलाप, सस्कृती र सभ्यताको बिनास हुँदै छ, दोन्दको स्थिती दिनानुदिन बड्दै छ, जिबनस्थर औरालो तिर धकेलिदैछ । प्रेम,युद्ध र राजनीतिको अर्थ नबुझी अर्थहीन ग्यान विश्लेषण गर्ने राजनितीकर्मीहरुको असफलताको उपज हुँदैन,बिश्वास हुँदैनझ हो। पेशा के हो ? जब सम्म गर्बका साथ भन्न सक्दैनन् तबसम्म गन्ध अनि अन्ध राजनीति जडा गाडि रहनेछ ।

न्याय दिने निकाय,शिक्षा दिने गुरु, चौथो अंग पत्रकार, ग्यान आर्जन गर्ने बिध्यार्थी, ब्यबसाय गर्ने ब्यापारी,कानुन नीतिनिर्माता गर्ने सन्काय, काम गर्ने कामदार आदि सबैमा राजनीति यस्तो किन हुँदैछ कोहि बोल्दैनन् ? किनकि आफ्नो आधारभुत आवश्यकता परिपुर्ति साथै बिलासी जिबनको लागि हरकोही मानबमा एक तृप्त हुन्छ। ञमेरो कर्तव्य के हो ? जबसम्म आफुमा लागू गर्न सकिदैन तबसम्म समृद्धिको सपना पूरा हुँदैनझ कुनैपनी कुरा स्पस्टीकरण तथ्य अनि सत्यतामा निर्भरता हुन्छ तर हाम्रो नेपालमा प्याक्ती पिछे हुन्छ किनकि अन्ध राजनीति मुल जड हो । राजनीति अपरिहार्य हो तर सबैमा आवश्यक होइन । बर्तमान हाम्रो देश नेपाल  देश नै हाम्रो रहेन बोल्न मात्र बाँकी हो सबै अस्तित्व मेटाइसक्यो, जनतामा देश प्रतिको मोह हटाउन चाडैं बिदेश जाउ भन्छ तर यहीँ केही गर्नुपर्छ भन्ने कुनै आधार र बहस गर्दैनन्,किनकि रेमिटान्सले देश धान्न छ, अन्ध अनि गन्ध राजनीति सस्कार उपहार छदैछ ।

बिगत केही समय देखि गठबन्धन हुँदै आएको छ,बाध्यता होला तर विकल्प मरण नहुन्जेल सम्म हुन्छ तर हाम्रो देशको राजनीतिमा   सिर्जना गरिएका गठबन्धन हुन् । गठबन्धनको सोझो अर्थ नै मिलेर जाउ हो तर नेपाली राजनीतिमा म पनि हुन्छु तिमी हुन्छौं केही गल्तीहरु छन् त्यो सबैमा मिलौला केहिपरे नाटक गरौंला किनकि सत्ता हामी संघ हुन्छ भन्नेकुरामा बिस्वस्त हुन्छन् । सत्य तितो हुन्छ आफुमा या म भित्रको म लाई बुझेर बाहिर आउनुहोस्! हातेमालो होइन एकता हुनुपर्छ अब काधमा काध मिलाएनौ भने देश डुब्ने होइन ! आम जनता डुब्ने हो जनजीवन अझै कस्ठर हुने हो, भ्रष्टाचार अझै तिब्रता हुने साथै उर्बरा भुमी मरभुमी हुनेछ त्यसैले सभ्य नागरिकको परिभाषा आफुमा हुन नितान्त छ ।

पहिचान राजनीतिले होइन ! आफ्नो पेशाले हुनुपर्छ  !!
कानुन र न्याय सिकाउने निकाय न्यायाधीस ,शिक्षा दिने गुरु, चौथो अंग पत्रकार, ग्यान आर्जन गर्ने बिद्यार्थी, ब्यबसाय गर्ने ब्यापारी,उपचार गर्ने स्वास्थ्यकर्मी र काम गर्ने कामदारले कर्तव्य पूरा गरुन् ! राजनीतिकर्मी नहोस ! सम्पुर्ण नेपाली मनहरुमा नयाँ बर्ष २०८० को हार्दिक मंगलमय शुभकामना