सर्वाधिक कमाइ गर्ने यी हुन् सात नेपाली चलचित्र

सर्वाधिक कमाइ गर्ने यी हुन् सात नेपाली चलचित्र

चलचित्र विकास बोर्डले वर्ष २०७९ मा प्रदर्शनमा आएका नेपाली र विदेशी चलचित्रको तथ्याङ्क सार्वजनिक गरेको छ। 

बोर्डका अनुसार २०७९ सालमा नेपाली ५२ र विदेशी ८३ गरी १३५ चलचित्र प्रदर्शन भए पनि एक सय ३२ वटा चलचित्रको कमाइ सार्वजनिक गरिएको हो। बोर्डको विवरणअनुसार चलचित्र ‘कबड्डी ४ स् द फाइनल म्याच’ को सात लाख ६६ हजार सात सय टिकट बिक्री भएबापत रु २१ करोड ३८ लाख १३ हजार चार सय ६२ ग्रस व्यापार गरेको छ। 

विदेशीतर्फ कन्नड चलचित्र ‘केजिएफ च्याप्टर २’ले छ लाख ७७ हजार ६ सय ९९ टिकेट बिक्री भएबापत रु १९ करोड २९ लाख १३ हजार सात सय ५८ ग्रस कमाएको छ। नेपाली र विदेशीतर्फ सर्वाधिक कमाई गर्ने यी दुई चलचित्र हुन्। बोर्डले सार्वजनिक गरेको तथ्याङ्कमा सामान्य फरक भने पर्न सक्ने बक्सअफिस अधिकृत प्रवीण पाण्डेले जानकारी दिए। 

तथ्याङ्कअनुसार यस वर्षभरमा प्रदर्शन भएका चलचित्र शिवानीको पाँच वटा टिकट मात्रै बिक्री भएका छन्। जसबाट चलचित्रले रु पाँच सय २० ग्रस कलेक्सन गरेको छ। 

‘सबै चलचित्र भवनमा बक्सअफिसको प्रविधि जडान भए पनि अनुगमनको अभावमा केही हेरफेर हुनसक्छ। केहीले नियतवश पनि गरिरहेका हुन्छन्। तर बोर्डले यसमा अनुमगन बढाएको छ’, अधिकृत पाण्डेले भने, ‘हामीसँग रहेको आधिकारिक तथ्याङ्क सार्वजनिक गरेका हौँ।’ बोर्डले सार्वजनिक गरेको विवरणअनुसार सर्वाधिक व्यापार गर्ने सात नेपाली चलचित्र यसप्रकार छन्।