मोहनले किने ५ करोडको कार

मोहनले किने ५ करोडको कार

काठमाण्डौं । भारतीय अभिनेता मोहनलालले ५ करोड भारूको कार किनेका छन्। उनले रेन्ज रोवर अटोबायोग्राफी कार किनेका हुन्।

सामाजिक सञ्जालमा उक्त कारको चर्चा भइरहेको छ। सार्वजनिक भिडिओमा मोहनलालले एक शोरूमबाट सेतो रंगको कार लिएको देखिएको छ। उनीसँगै उनकी श्रीमती सुचित्रा पनि देखिएकी छन्।  

मोहनलाल महंगा कारको सौकिन छन्। उनीसँग ‘मर्सिडिज जीएल ३५०, लम्बोर्गिनी युरूस, टोयोटा भेलफायर’ जस्ता कार कलेक्सन छ। लम्बोर्गिनी युरूसको मूल्य ३ करोड १५ लाख भारू छ। 

भारतीय सञ्चार माध्यम नवभारत टाइम्सका अनुसार मोहनलालसँग आधा दर्जन लग्जरी गाडी छ। 

मोहनलाल मलयालम फिल्मका सबैभन्दा महंगा अभिनेता हुन्। उनी एक फिल्मको लागि १ देखि १७ करोड भारू पारिश्रमिक लिन्छन्। 

उनले मलयालम, तमिल, तेलुगू, हिन्दी र कन्नड भाषामा ४०० भन्दा बढि फिल्ममा अभिनय गरिसकेका छन्।

उनले हालै ‘मलाईकोटाई वालीवान’ फिल्मको छायांकन सकेका छन्।