जिन्दगीमा दुःखै दुःख सुख भेटिएन
तिर्खा मात्र लागिरह्यो प्यास मेटिएन
हिड्दा हिड्दै थाकिसके लक्षय भेटिएन
जति हास्न खोजेपनि आसु मेटिएन
अजै पनि जिन्दगीको अर्थ खोजिराछु
छातिभरि पिडा बोकि हास्न खोजिराछु
अरूलाइ हसाएर आफनो आसु रोक्छु
रातिपछि बिहान हुन्छ भन्ने आशा बोक्छु
अध्यारोले उज्यालोको बाटो ल्याउछ रे
उषाकािलन मिर्मिरेमा लाली छाउछ रे
जाडो भए पछि मात्रै न्यानो चाहीन्छ रे
दुःखले नै जिन्दगीको अर्थ सिकाउछ रे
इन्द्रमणि अवस्थी, धनगढी कैलाली