सिन्धुलीमा भारतीय कार दुर्घटनामा, ४ जनाको मृत्यु

सिन्धुलीमा भारतीय कार दुर्घटनामा, ४ जनाको मृत्यु

काठमाडौं । सिन्धुलीमा एक भारतीय कार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । बीपी राजमार्ग हुँदै काठमाडौंतर्फ आउँदै गरेको बी आर डीडी ०६८७ नम्बरको कार राति साढे १२ बजे कमलामाई नगरपालिकास्थित गढी गेट नजिक दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

भएको नायब उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरञ्जीवी दाहालले जानकारी दिए।

दुर्घटनामा परेका ३ जनाको घटनास्थलमै मृत्यु भएको र अर्का एकजनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिएका छन् ।

दुर्घटनामा परेको कार सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीको भनाइ छ । अहिले मृतकहरुको शव निकाल्ने क्रम जारी रहेको प्रहरीको भनाइ छ । मृतकहरुको पहिचान खुल्न नसकेको प्रवक्ता दाहालले बताए ।