आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार तीनवटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ । 

विभागका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। 

देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी  भू(भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

बुधबार राति देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी  भू(भागको मौसम सामान्यतया सफा रहनेछ ।