ट्राफिक प्रहरीले भित्र्यायो लापसे जाँच्ने मसिन

ट्राफिक प्रहरीले भित्र्यायो लापसे जाँच्ने मसिन

काठमाडौं । मादक पदार्थ सेवन मापसे मात्र नभई अब लागुपदार्थ सेवन गरेर सवारी चलाउनेलाई पनि प्रहरीले कारबाही गर्ने भएको छ । यसका लागि प्रहरीले लागुपदार्थ सेवन जाँच गर्ने छुट्टै प्रविधि प्रयोगमा ल्याएको छ ।

यसअघि चालकले लागुपदार्थ गाँजा, अफिम, हिरोइन, मर्फिन, कोकिन आदि सेवन गरेको जाँच गर्न स्वास्थ्य परीक्षण नै गर्नुपर्ने बाध्यता थियो । मापसे जाँच गर्दा भने प्रहरीले ‘ब्रेथ एनालाइजर’ मसिन प्रयोग गर्दै आएको छ । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले लापसे जाँचका लागि ‘सोटोक्सा ड्रग एनालाइजर’ ९कयतयहब मचगन बलबथिशभच० प्रविधि प्रयोगमा ल्याउन थालेको जानकारी दिए ।

“काठमाडौंका सबै चेक पोस्टमा ‘ब्रेथ एनालाइजर’ भएपनि लापसे जाँच गर्न झन्झट थियो ।