भारतमै लुटिए नेपाली नागरीक

भारतमै लुटिए नेपाली नागरीक

धनगढी । वर्ष बिसु मनाउन घर फर्किरहेका चार जना नेपाली कामदार यात्राकै क्रममा भारतमा लुटिएका छन् । सोमबार हल्द्वानीबाट घर फर्किन लागेका ४ जना सुर्खेतको भेरीगंगा नगरपालिका–४ का ताराबहादुर मगर, मिलन राजी, लालबहादुर नेपाली र केशर वली भारतमा लुटिएका हुन ।

उनीहरुबाट ४५ हजार भारु र चार थान मोबाइल लुटिएको प्रहरीले जनाएको छ । कालापहाडमा मजदुरी गरेर घर फर्किन लागेका उनीहरुलाई भारत उत्तराखण्डको हल्द्वानीमा चिसो पेय पदार्थमा नशालु पदार्थ खुवाएर बेहोस बनाइ लुटिएको बताईएको छ ।

हल्द्वानीबाट बनबासा आउने बसमा एक महिलाले चिसो पेय पदार्थ पिउन दिएको पीडितहरुले बताएका छन । उक्त पेय पदार्थ पिएपछि चारैजना बेहोस भएका थिए । होसमा आउँदा पैसा र मोबाइल केही पनि नभएको उनीहरुले बताएका छन ।

‘चारै जना सीमा क्षेत्रमा बेहोस अवस्थामा भेटिएका हुन्,’ इलाका प्रहरी कार्यालय गड्डाचौकीका सई देवसिंह बुडालले भने, ‘सबैजना रित्तो हात नाकामा पुगेका थिए ।