बहुविवाह गर्ने एक जोडी अछाममा पक्राउ

बहुविवाह गर्ने एक जोडी अछाममा पक्राउ

अछाम : दोस्रो बिबाह गरेको अभियोगमा अछाम प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ६ बस्ने बर्ष २१ की मेनुका बटाला रावलले मेरो श्रीमान नबिन रावल बैशाख ९ गतेबाट दोस्रो बिबाह गरी भागी फरार रहेको हुदा खोज तलास गरी पाउ भनि दिएको निवेदनका आधारमा प्रहरीको टोलिले पक्राउ गरेको हो ।

 खोजतलास गर्ने क्रममा २२ बर्षिय नबिन रावल र दोस्रो बिबाह गरी लगेकी अछाम कमलबजार नगरपालिका वडा नम्बर ४ चाल्सा बस्ने २० बर्षिय रम्बा थापालाई प्रहरीले पक्राउ गरेको हो । अछामबाट भागी सुर्खेतको बिरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ स्थित बजारमा रहेको होटलमा बसेको अवस्थामा बैशाख १३ गते पक्राउ गरिएको अछाम प्रहरी प्रमुख डिएसपि जनक बहादुर शाहीले बताउनु भयो ।

मेनुका बटाला रावलले प्रहरी कार्यालयमा बहुबिबाह सम्वन्धि कसूर मुद्धामा दिएको जाहेरी दरखास्तको आधारमा दुबै जनालाई अछाम जिल्ला अदालतबाट म्याद थप गरी बहु बिबाह सम्वन्धि कसूर मुद्धामा थप अनुसन्धान कार्य भईरहेको शाहीले बताउनु भयो ।