थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि

थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर ५५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरेर एक हजार दुई सय १६ जनाको नमुना परीक्षण गर्दा ५५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ११ जना सङ्क्रमित निको भएका छन् । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ९६ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यसैबीच कोरोना भाइरसको सङ्क्रमण बढेसँगै सरकारले स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ । मन्त्रालयले बढिरहेको कोरोना सङ्क्रमणलाई मध्यनजर गरेर अस्पतालहरूलाई अवस्थाअनुसार सेवा विस्तार गर्न निर्देशन दिएको छ ।