हाम फालेकी महिला लाई खोज्दा एक पुरुषको शव फेला

हाम फालेकी महिला लाई खोज्दा एक पुरुषको शव फेला

पोखरा । कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका ६ घर भई पोखरा महानगरपालिका १६ लामाचौर बस्ने ४४ वर्षीय विश्वबहादुर गुरुङको शव फेला परेको छ।

लामाचौर बस्ने ३१ वर्षीया अल्का गुरुङको खोजी गर्ने क्रममा विश्वबहादुरको शव फेला परेको हो। अल्का मंगलबार पोखरा महानगरपालिका( १६ दीपस्थित केआइसिंह पुलबाट सेती नदीमा हाम फालेर बेपत्ता भएकी थिइन्।

अल्का गुरुङको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। गुरुङको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ।