बझाङमा एक मजदुरको हत्या, संगै काम गर्ने अर्का मजदुर पक्राउ

बझाङमा एक मजदुरको हत्या, संगै काम गर्ने अर्का मजदुर पक्राउ

बझाङ । बझाङको छबिसपाथिभेरा ४ ब्याँसीमा सडकमा काम गर्दै आएका अन्दाजी ५२ वर्षीय गोपाल विकको हत्या भएको छ । जाजरकोट, भेरी नगरपालिका ४ बाट बझाङमा मजदुरी गरिरहेका बिकको उनको उनीसँगै मजदुरी गर्न आएका रोहन सुनारले हत्या गरेको जिल्ला प्रहरी कर्यालय बझाङका प्रमुख प्रहरी नायव परीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

बुधबार राति रोहनले मदिरा सेवन गरी गोपालको हत्या गरेको उनले बताए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार बझाङमा ज्याला मजदुरी गर्दै आएका दुबै जनाबिच केही दिन पहिले पनि सामान्य विवाद भएको थियो ।

सोही घटनालाई लिएर रोहनले गोपालको टाउकोमा ढुङ्गाले हानी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

रोहनले हत्यापछि गोपालको शव झाडीभित्र लुकाएर फरार भएका थिए। मृतक गोपाल विक र हत्यारा रोहन सुनार दुवै जना बुधबार बिहान अनुपस्थित भएपछि अन्य मजदुरले उनीहरूको खोजी सुरु गरेका थिए।

घटनास्थल ब्याँसी भन्ने ठाउँमा रगत देखिएपछि खोजीका क्रममा शव झाडीभित्र भेटिएको थियो।