नागरिकता नबन्दा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित

नागरिकता नबन्दा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित

डडेल्धुरा । अमरगढी नगरपालिका–३ घर भएकी अनिता विष्ट उमेरले ९१ वर्ष पुग्नुभयो। उहाँका दुईवटै आँखाले ज्योती गुमाइसकेको छ। एक छोरा र पाँच नातिनातिनीहरू छन्। अनिताले नागरिकता भने पाउनु भएकी थिएन्न्। 

नागरिकता पाउनबाट वञ्चित उनी सामाजिक सुरक्षा भत्ताबाटसमेत वञ्चित हुनुहुन्थ्यो। जिल्ला प्रशासन कार्यालय उहाँको घरभन्दा करिब पाँच किलोमिटरको दूरीमा छ। वडा कार्यालय करिब एक किलोमिटिरको दूरीमा छ तर हालसम्म विष्टले नागरिकता पाएकी  छैन्न ।

जिल्ला प्रशासन कार्यालयले अपाङ्गता भएकालाई घरमै पुगेर नागरिकता उपलब्ध गराउने अभियान सञ्चालन गरेको छ तर विष्टकहाँ भने प्रशासनको टोली अmभै पुग्न सकेको छैन। वडामा निर्वाचित जनप्रतिनिधिहरूले नै उहाँलाई नागरिकता उपलब्ध गराउन आवश्यक पहल गरेको छैन। 

उहाँकी नातिनी निर्मला विष्टले भनिन, नागरिकता बनाउनुपर्छ भनेर पनि कोही कसैले हामीसँग भनेनन्। कक्षा ९ मा अध्ययनरत निर्मलाको भने नागरिकता बनाउने उमेर पुगेको छैन। 

बुवा पहिलेदेखि नै भारतमा बस्ने र आफूहरू पनि सानै भएका कारण बज्यैको नागरिकता बनाउन कुनै पहल नगरेको उनको भनाइ छ। उनी नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएकी छन । विष्टको माइती घर भारत भएको र त्यहाँबाट कुनै कागजात प्राप्त हुन नसकेकाले नागरिता बनाउन समस्या भएको वडाअध्यक्ष तीर्थबहादुर ऐरले बताए ।

माइतीबाट जन्म खुल्ने प्रमाण केही झिकाउनु भनेर जिल्ला प्रशासन कार्यालयले भनेअनुसार उहाँका छोरालाई भनेको र उहाँले झिकाउन नसकेका कारण अनिता नागरिकता पाउनबाट वञ्चित हुनु भएको ऐरले स्पष्ट पार्नुभयो।