प्रध्यापकहरुद्धारा  घोडाघोडी क्याम्पसमा तालाबन्दी

प्रध्यापकहरुद्धारा  घोडाघोडी क्याम्पसमा तालाबन्दी

धनगढी  । कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसका प्रध्यापकहरुले क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन् । बुधवार आन्दोलनरत प्रध्यापकहरुले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दे क्याम्पस प्रशासनमा तालाबन्दी गरेका हुन ।
 
विगत केही समय देखी क्याम्पस प्रशासनको लापरबाही, व्यापक गुटबन्दी, प्रशासनिक र पद्धतिगत अस्तव्यस्त भएको हुँदा आन्दोलन गर्नु परेको आन्दोलनरत प्रध्यापकहरुले बताएका छन् । 
 
यसको समाधानको लागी सञ्चालक समिति सँग पहल, अनुरोध गदै आएको तर क्याम्पस प्रशासनहरूले बेवास्ता गर्ने र अभियानमा लागेकालाई  धम्काउने कार्य गरेको हुँदा आन्दोलनमा उत्रिनु परेको उनीहरूले बताए ।
 
सञ्चालक समिति समितिले माग पत्र बुझ्न नै नचाहेकोले  बाध्य भएर क्याम्पस प्रशासनमा तालाबन्दी गर्नु परेको आन्दोलनरत प्रध्यापकहरुले बताएका छन् ।
 
यदि माग सुनुवाइ नभएको खण्डमा थप कडा कदम चाल्न बाध्य हुने र त्यस बाट उत्पन्न परिस्थितिको जिम्मेवार क्याम्पस प्रशासन, सञ्चालक समिति हुने प्रेस विज्ञप्तिमा उल्लेख गरीएको छ ।