झुलाघाट नाका हुँदै भारतबाट फर्केका २ जनामा कोरोना पुष्टि

झुलाघाट नाका हुँदै भारतबाट फर्केका २ जनामा कोरोना पुष्टि

बैतडी । बैतडीको झुलाघाट नाका कोरोना परीक्षण गर्दा दुई जनामा कोरोना पुष्टि भएको छ । भारतबाट स्वदेश आउँदै गरेका बैतडीको मेलौली वडा नं ४ का २३ वर्षीय पुरुष र बझाङको बुंगलका एक जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले जानकारी दिए । 

झुलाघाट नाकामा १३३ जनाको कोरोना परीक्षण गर्दा दुईमा कोरोना देखिएको हो । कोरोना देखिएका दुवै जनालाई स्वास्थ्यका मापदण्ड अपनाएर होम आइसोलेसनमा बस्ने गरेर पठाएको छ ।

पछिल्लो समयमा कोरोना संक्रमण बढ्दै गएकाले स्वास्थ्यका मापदण्ड अपनाउनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । यस्तै कोरोना विरुद्धको बुस्टर डोज लगाउने कार्य भइरहेकाले नजिकका स्वास्थ्य संस्थामा गएर खोप लगाउन समेत आग्रह गरिएको छ ।