मुस्ताङमा फिल्म ‘दुई कदम’को धमाधम छायांकन

मुस्ताङमा फिल्म ‘दुई कदम’को धमाधम छायांकन

नयाँ फिल्म ‘दुई कदम’को छायांकन मुस्ताङमा भैरहेको छ । ५ दिन अगाडिबाट फिल्मको छायांकन सुरु गरिएको हो । उदय सुब्बाले यो फिल्मको निर्देशन गरिरहेका छन् । लभ स्टोरी जनराको यो फिल्ममा दयाराम घिमिरेको कथा छ । 

यो फिल्मलाई मुस्ताङपछि धनकुटा, तेह्रथुम, इलाम, झापा र धरानमा पनि खिचिनेछ । फिल्ममा तारादेवी लिम्बुको लगानी छ । अजम्बजरी फिल्मस्को ब्यानरमा निर्माण भैरहेको फिल्ममा गौरव पहारी, वुद्दि तामाङ, इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, अर्जुन गुरुङ, कविता आलेमगर, बिमला लिम्बु, चन्दा दाहाल, जीवन लिम्बु लगायतका कलाकारको अभिनय छ ।

विक्रम डीसीको छायांकन रहेको फिल्ममा ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, राजु किराँतीको एक्सन, रामजी लामिछानेको नृत्य निर्देशन छ । यो फिल्मलाई आउँदो बर्षको भदौमा रिलिज गर्ने योजना निर्माणपक्षको छ ।