कैलालीका चार जनामा कोरोना पुष्टि

कैलालीका चार जनामा कोरोना पुष्टि

कैलाली । सुदूरपश्चिम प्रदेशमा सोमबार चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

तीन सय ७४ जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा तीन जना र २८ जनाको पिसिआर विधिबाट गरिएको परिक्षणमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा गरेको परिक्षणमा पोजेटिभ देखिएकामा चारै जना कैलाली जिल्लाका रहेको जनाएको छ।