के फेसबुकमा डिलिट भएको मेसेज फिर्ता ल्याउन सकिन्छ ?

के फेसबुकमा डिलिट भएको मेसेज फिर्ता ल्याउन सकिन्छ ?

काठमाडौं । फेसबुकमा कुनै पनि कारणवश कसैसँग गरिएको मेसेज डिलिट भएको हुनसक्छ । तर, डिलिट भएको वा गरिएको मेसेज पनि काम लाग्नसक्ने अवस्था आउँछ । तर डिलिट भएको मेसेज पुनः फिर्ता ल्याउन सकिन्छ त ?

वास्तवमा डिलिट भइसकेको मेसेज फिर्ता ल्याउने फेसबुकको नीति छैन । तर, यदि तपाईँले फेसबुक अकाउन्टको डेटाको ब्याकअप राख्नुभएको छ भने डिलिट भएको मेसेज हेर्न सकिन्छ ।

व्यक्तिसँगको मेसेज डिलिट गर्नुभएको छ, उसँग च्याट सुरक्षित हुनसक्छ । यसरी मेसेन्जरमा डिलिट भएको मेसेज हेर्न सक्नुहुन्छ । कतिपय अवस्थामा तपाईँले मेसेज डिलिट नगरेर अर्काइभमा राख्नु भएको हुनसक्छ । मेसेन्जरको आर्काइभबाट त्यस्ता मेसेज रिकभर गर्न सकिन्छ ।

मेसेन्जरको आर्काइभ हेर्न तलको प्रक्रिया अपनाउनुहोस्:

- सबैभन्दा पहिले मेसेन्जर एप खोल्नुहोस् ।

- त्यसमाथि माथि बायाँपट्टि रहेको प्रोफाइलको आइकनमा क्लिक गर्नुहोस् ।

- र, आर्काइभको अप्सनमा जानुहोस् ।

- त्यहाँ आर्काइभमा राखेका मेसेजहरू देख्न सक्नुहुन्छ ।

यदि तपाईँले फेसबुकका सम्पूर्ण गतिविधि ईमेलमा आउने बनाउनुभएको छ भने डिलिट गरिएको मेसेज ईमेलमा पनि बसेको हुनसक्छ । ईमेल चेक गरेर आफूले डिलिट गरेका मेसेज हेर्न सक्नुहुन्छ । 

यदि तपाईँ कसैको मेसेज डिलिट गर्दै हुनुहुन्छ र त्यसको ब्याकअप राख्न खोज्नुभएको छ भने त्यसका लागि फेसबुकको डेटा डाउनलोड गर्नुपर्ने हुन्छ । फेसबुकको डेटा डाउनलोड गर्न तलको प्रक्रिया अपनाउनुहोस् ।

- सबैभन्दा पहिले फेसबुक खोल्नुहोस् ।

- त्यसपछि माथि दायाँपट्टि भएको तपाईँको प्रोफाइलको आइकनमा ट्याप गर्नुहोस् ।

- अनि 'सेटिङ एन्ड प्राइभेसी' अप्सनमा क्लिक गरेर सेटिङ छान्नुहोस् ।

- सर्च बारमा 'डाउनलोड' (डाउनलोड) सर्च गर्नुहोस् ।

- यति गरेपछि अरू अप्सन डिस्लेक्ट अर्थात् टिक हटाएर 'मेसेज' अप्सन मात्र छान्नुहोस् ।

- त्यसपछि स्क्रोल गर्दै तल गएर क्रियट फाइलको अप्सनमा क्लिक गर्नुहोस् ।

- तपाईँको फाइल डाउनलोडका लागि तयार हुन्छ । त्यसका लागि केही समय (मेसेज कति छ, फाइल तयार हुन त्यति नै समय लाग्छ ।) ।

- फाइल तयार भएको अवस्थामा डाउनलोडको अप्सन देखाउँछ ।

- डाउनलोड गरेर मेसेजको ब्याकअप राख्न सक्नुहुन्छ ।

यसरी मेसेजको ब्याकअप डाउनलोड गरेपछि डिलिट भएको मेसेज ब्याकअपबाटै हेर्न सकिन्छ । तर, याद गर्नुहोस् यस्ता मेसेज फेसबुकमा फिर्ता भने ल्याउन सकिँदैन ।