प्रधानमन्त्री प्रचण्डः अब देशले गति लिन्छ

प्रधानमन्त्री प्रचण्डः अब देशले गति लिन्छ

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मूलभूतरूपमा सरकार पूर्ण भएकाले अब देशको विकास निर्माणमा गति लिने दाबी गर्नुभएको छ ।

उहाँले आफूले तेस्रो कार्यकालका रूपमा प्रधानमन्त्री भएर लगभग एक सय दिन पूरा गरेको अनुभवका आधारमा हरेक क्षेत्रमा सुधार गर्न सकिने अनुभव पाएको बताउनुभयो । उहाँले तीन महिनामा रेमिट्यान्स, राजस्व सङ्कलनमा गुणात्मक सुधार भएको दाबी गर्नुभयो । उहाँले पछिल्लो तीन महिनामा विदेशी मुद्रा सञ्चितिमा देश धेरै राम्रो स्थितिमा आइसकेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘अहिले नयाँ नयाँ राजनीतिक समीकरण बनिरहेको छ । आजमात्रै सरकारलाई पूर्णता दिने क्रममा मूलभूतरूपमा सरकार पूर्ण भएको छ, अब यसले गति लिनुपर्छ । हो देश अहिले आर्थिकरूपमा अफ्ठ्यारो स्थितिबाट गुज्रेको छ ।