दार्चुलाको व्याँसमा एक पुरुषको शव फेला, प्रहरीको टोली घटनास्थलमा

दार्चुलाको व्याँसमा एक पुरुषको शव फेला, प्रहरीको टोली घटनास्थलमा

दार्चुला । व्याँस गाउँपालिका वडा नंम्बर ६ बडुगाउँस्थित महाकाली नदी किनारमा एक पुरुषको शव फेला परेको छ ।

बिहिवार बिहान १० बजेतिर बडुगाउँको पुल छेउमा अन्दाजी  ४० वर्षीय पुरुषको शव फेला परेको हो । शवको पहिचान भने हुन सकेको छैन् ।

उक्त शव महाकाली नदीमा बगेर आएको हुन सक्ने आशङ्का गरिएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय हुतिबाट प्रहरी टोलि खटिएको छ ।