धनगढीः पारदर्शिता र सुशासन कायम गर्नका लागि सबैले जिम्मेवार हुनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन्।
फुलव्राईट एलमुनी एसोसिएसन अफ नेपालले शुक्रवार धनगढीमा आयोजना गरेको सम्बृदिका लागि पारदर्शिता र सुशासन विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाले सो कुरा बताएका छन्।
कार्यक्रममा प्रमुख अतिथि रहनुभएकी धनगढी उपमहानगरपालिकाकाी उपप्रमुख सुशीला मिश्र भट्टले सुशासन र पारदर्शिता कायम गर्नका लागि सबै आ–आफ्नो ठाउँबाट जिम्मेवार रहेको बताए।
उनले त्यसका लागि हरेक सवैक्षेत्रलाई खबरदारी गर्दै सुशासन कायम गर्नमा सहयोग पु¥याउनुपर्नेमा जोड दिए।
उनले उपमहानगरपालिकाले सुशासन र पारदर्शिता काम गर्दै आइरहेको र त्यसका लागि सूचना अधिकारी, सूचना बोर्ड, डिजिटल सूचना बोर्ड देखि वडा वडामा समेत जनताको सजिलै सूचनामा पहुँच पु¥याएको दाबी गर्नुभयो। अधिवक्ता डा.जानकारी तुलाधरले भ्रष्टाचारका कारण देशमा सुशासन कायम हुन नसकेको बताए।
उनले सबैभन्दा बढी सरकार र राजनीतिक दलले कालोबजारी र भ्रष्टाचारीलाई संरक्षण दिने गरेका कारण सुशासन कायम गर्न चुनौती रहेको जानकारी दिए।
कार्यक्रममा मानव अधिकारकर्मी डा. देवी खनालले शुक्रवार देखि लागु भएको मुलुकी ऐनमा भ्रष्टाचार जस्ता अपराधमा माफी नदिने व्यवस्था गरिएकोले त्यसले भ्रष्टाचार नियन्त्रणमा सहयोग गर्ने र त्यसपछि सुशासन र सम्बृदिको दिशामा अघि बढ्ने बताए।