बुधबार तीन सय एक जनामा परिक्षण गर्दा चार जनामा कोरोना संक्रमण

बुधबार तीन सय एक जनामा परिक्षण गर्दा चार जनामा कोरोना संक्रमण

धनगढी । सुदूरपश्चिममा आज बुधबार चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एन्टिजेन विधिबाट तीन सय एक जनामा कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दिपायलले आज गरेको परिक्षणमा पोजेटिभ देखिएकामा तीन जना कैलाली र एक जना कञ्चनपुरका रहेको जनाएको छ।