भोलि मन्त्रिपरिषद् विस्तार हुँदै

भोलि मन्त्रिपरिषद् विस्तार हुँदै

काठमाडौं । दश दलीय सत्ता गठबन्धनमा बिहीबार मन्त्रिपरिषद् विस्तार गर्न तयारी भएको छ । स्रोतका अनुसार मन्त्रालय सङ्ख्याबारे लगभग सैद्धान्तिक सहमति जुटको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार अपराह्न बसेको बैठकले मन्त्रालय सङ्ख्याबारे सैद्धान्तिक सहमति गरेको हो ।जसपाका नेता राजेन्द्र श्रेष्ठले भोलि मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको जानकारी दिनुभयो ।

स्रोतका अनुसार गठबन्धन बैठकमा कांग्रेसले ८ माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ । लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने सहमति भएको छ ।