स्वास्थ्य मन्त्रालयः कोरोना सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह

स्वास्थ्य मन्त्रालयः कोरोना सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह

धनगढी । कोरोना भाइरसको संक्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले रुघाखोकी भनेर बेवास्ता नगर्न स्वास्थ्य मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।

ज्वरो आउने, खोकी लाग्ने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने, थकान महसुस हुनेजस्ता रुघाखोकीका लक्षण देखिए भने कोरोना भाइरसको परीक्षण गराउन मन्त्रालयको आग्रह गरेको छ ।

भारतका बिभिन्न स्थानमा कोरोना भाइरसको संक्रमण बढेसँगै  नेपालमा पनि कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ ।  मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन पनि सबैलाई आग्रह गरेको छ ।

नेपालमा हिजो एकै दिन एक हजार चार सय २९ मा कोरोना परीक्षण गर्दा २४ जनामा पुष्टि भएको थियो । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ७८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।