घरायसी विवादमा श्रीमती र छोराले गरे बाबुको हत्या

घरायसी  विवादमा  श्रीमती र छोराले गरे बाबुको हत्या

दाङ । दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर २ मर्फेसमा एक जनाको हत्या भएको छ। मंगलबार बेलुकी करिब ८ बजे ४२ वर्षीय रेशम सुनारको उनकै श्रीमती र छोराले हत्या गरेका हुन् । 

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ३२ वर्षीया चन्द्रा सुनार र १७ वर्षीय शिवराज सुनारले कोदालो प्रहार गरी रेशमको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घरायसी विवादमा आमाछोरा मिलेर रेशमको हत्या गरेको देखिएको प्रहरीले बताएको छ।

घटनाबारे स्थानीय बासिन्दाबाट खबर पाएपछि राति ११ बजे घटनास्थल पुगेको प्रहरीले मृतककी श्रीमती चन्द्रालाई घरबाटै पक्राउ गरेको थियो। बाबुको हत्या गरेपछि घरबाट भागेका शिवराजलाई पनि प्रहरीले मध्यराति पक्राउ गरेको छ।

मृतक रेशमको शव पोस्टमर्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।