बैतडीमा यु–१६ क्रिकेट छनौट अन्तरगत १८ खेलाडी लाई बन्द प्रशिक्षणका लागि बोलाइयो

बैतडीमा यु–१६ क्रिकेट छनौट अन्तरगत  १८ खेलाडी लाई बन्द प्रशिक्षणका लागि बोलाइयो

बैतडी । बैतडीमा १६ बर्षमुनिको क्रिकेट टोलीको छनौटका लागि १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाईएको छ । देहिमाण्डौंमा तीन दिन सम्म सञ्चालन भएको छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको बैतडी क्रिकेट संघले जनाएको छ । 

बन्द प्रशिक्षणका लागि नरेन भट्ट, आकाश चन्द, विक्की चन्द, सुदिप कार्की, हर्ष कार्की, सचिन भट्ट, कल्पेश चन्द,आयुश चन्द, अशोक नाथ योगी, दिपेश पाण्डे, विक्रम बोहरा, जित्तु थापा,भुपेश चन्द,विनोद लावड,रुपेश साउँद,निखिल चन्द, हेमन्त धामी र रोशन चन्द छनौट भएका हुन् ।

बैतडीका पालिकाहरुबाट आएका खेलाडीबाट टोली बनाएर छनौट प्रतियोगितामा प्रतिस्पर्धा गराइएको र त्यसपछि खेलाडी छनौट गरिएको  बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताए । 

नेपाल क्रिकेट संघले  मलेशियामा हुने १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै जिल्ला छनौट चैत १५ भित्र गरिसक्न निर्देशन दिएको थियो ।  

एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार उक्त प्रतियोगिता मे १७ देखि २८ सम्म मलेशियामा हुनेछ ।