धनगढी जेसिजको हाफ म्याराथनको तयारी शुरु

धनगढी जेसिजको हाफ म्याराथनको तयारी शुरु

धनगढी । ‘अब धनगढी दौडिन्छ’ भन्ने मुल नाराका साथ धनगढी जेसिजले नवौं संस्करणको हाफ म्याराथन प्रतियोगिताको तयारी सुरु गरेको छ । 

प्रतियोगिता बैशाख १ गते बिहान ७ बजे धनगढी रंगशालाबाट शुरु हुने धनगढी जेसिजका अध्यक्ष मोहन ओझाले बताए । उनले म्याराथन प्रतियोगितामा विभिन्न ४ बिधा समावेस गरिएको जानकारी दिए ।

धनगढी जेसिजले मंगलबार (आज) पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त कुराको जानकारी गराएको हो । म्याराथन प्रतियोगितामा खुला (२१.१ किलोमीटर), कर्पोरेट र संचार (५ किलोमीटर), ट्राइसाइकल रेस (५ किलोमीटर) र महिला (५ किलोमीटर) गरि चार बिधा आयोजना गर्न लागेको प्रतियोगिताका संयोजक मनिष कुंवरले बताए ।

म्याराथन प्रतियोगितामा खुला तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५५ हजार ५५५, ३३ हजार ३३३ र २२ हजार २२२ रुपैयाँ नगद प्राप्त गर्नेछन । त्यस्तै कर्पोरेट र संचार तर्फ ५ हजार ५५५, ३ हजार ३३३ र २ हजार २२२ रुपैयाँ पुरस्कार राखिएको संयोजक कुंवरले बताए ।

यसैगरी, ट्राइसाइकल तर्फ सहभागी सबैलाई पुरस्कार दिइने बताउदै संयोजक ओझाले महिलातर्फ बिजयीहुने प्रथमले ५ हजार ५५५, द्धितीयले ३ हजार ३३३ र तृतीयले २ हजार २२२ रुपैया पुरस्कार दिइने बताए ।