बैसाख १ गतेदेखि पीएफए भेट्रान कप आयोजना गरिने

बैसाख १ गतेदेखि पीएफए भेट्रान कप आयोजना गरिने

धनगढी । कैलालीको अत्तरियामा बैसाख १ गतेदेखि चौथो संस्करणको भेट्रान कप आयोजना हुदैछ । प्ले फर अत्तरिया पिएफए स्पोर्ट क्लवको आयोजनामा ‘पीएफए भेट्रान कप २०८०’ क्रिकेट र फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्धितिय हुनेलाई २५ हजार संगै विविध विधामा उत्कृष्ट हुनेलाई पनि पुरस्कारको व्यवस्था गरिएको क्लवका अध्यक्ष गणेश भण्डारीले बताएका छन् ।

प्रतियोगितामा जम्मा १६ टिमको सहभागिता हुने छ । प्रतियोगिता क्रिकेट टि–२० फर्मेटमा खेलाइने आयोजकले जनाएको छ ।