मुम्बईले जित्यो वुमन्स प्रिमियर लिगको उपाधि

मुम्बईले जित्यो वुमन्स प्रिमियर लिगको उपाधि

काठमाडौँ ।  पहिलो संस्करणको वुमन्स प्रिमियर लिग (डब्लुपिएल) को उपाधि मुम्बई इन्डियन्सले जितेको छ।

महिला आईपिएलको रूपमा परिचित डब्लुपिएलको फाइनलमा दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गर्दै मुम्बई च्याम्पियन बनेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३१ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य मुम्बईले १९.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।

दिल्लीका लागि ओपनर तथा कप्तान मेग लनिङ्गले ३५ रन बनाउँदा मरिजनीकापले १८ रन तथा सिखा पाण्ड्या र राधा यादवले समान २७-२७ रनको नटआउट इनिङ खेले।

त्यस्तै, सफाली वर्माले ११ रन बनाएकी थिइन्। मुम्बईका लागि इसी वङ्ग र हेली म्याथ्युले समान ३-३ विकेट लिँदा अमेली केरले २ विकेट हात पारेकी थिइन्।

१ सय ३२ रनको मध्यम स्कोर पछ्याएको मुम्बईले ३ बल बाँकी हुँदा लक्ष्य पूरा गर्यो। उसका लागि नट साइभर ब्रन्टले सर्वाधिक ६० रनको नटआउट अर्धशतकीय इनिङ खेलिन्। त्यस्तै कप्तान हरमनप्रित कौरले ३७ रन बनाउँदा अमेलीया केर १४ रनमा नटआउट रहिन्।