प्रेमीसँग गराइदिए श्रीमतीको विवाह, उपहारमा दिए साढे दुई वर्षकाे छोरा

प्रेमीसँग गराइदिए श्रीमतीको विवाह, उपहारमा दिए साढे दुई वर्षकाे छोरा

विवाह त्यस्तो प्रक्रिया हो, जसले अलग परिवारका दुई विपरीत लिङ्गी व्यक्तिलाई एक सूत्रमा बाँध्छ र त्याे सामाजिक, धार्मिक तथा कानूनी रुपले मान्य हुन्छ । विवाह दुई मानिस बीचको समझदारी तथा सौहार्द पूर्ण तरिकाले जीवन बिताउन प्रण गर्ने संस्था हो । विवाह स्त्री र पुरुषबीच बलियो सम्बन्धको गाँठो स्थापित गराइ पारिवारिक जीवनमा प्रवेश गराउने एक सामाजिक प्रक्रिया पनि हो ।

सामाजिक रुपमा विवाह एउटा यस्तो समारोह हो जसले कुनै एक स्त्री र पुरुषलाई नैतिकरुपमा सँगै बस्न, यौन सम्वन्ध स्थापित गर्न र वंश विकास गर्न वैधानिकता प्रदान गर्दछ। भन्नेहरू भन्छन् ‘बिहे यस्तो चीज हो कि गर्ने मान्छे पनि पछुताउँछ नगर्ने मान्छे पनि पछु ताउँछ।’ विवाह गरेपछि धेरै पछुताएको त हाम्रो समाजमा पनि धेरै पाइन्छ । तर भारतको बिहारस्थित एक व्यक्तिले आफ्नी श्रीमतीको विवाह अर्का व्यक्तिसँग गराइदिएका छन् ।

आफ्नी श्रीमतीको विवाह मात्रै हाेइन उनले आफ्ना साढे दुई वर्षका छोरा श्रीमतीलाई उपहारका रुपमा सुम्पिएका छन् । यो विवाह सबै अचम्मित बने, विवाह हर्नकाे लागि पनि थुप्रै मान्छेहरू उपस्थिती भए। बिहारको सालेपुर गाउँमा एक दाम्पती एउटा घरमा भाडा तिरेर बस्थे । उनीहरुका दुई वर्षका छोरा पनि थिए । तर एकदिन श्रीमान लागु औषध किनबेचकाे आरोपमा पक्राउ परे । उनलाई पुलिसले पक्राउ गरेर जेलमा राखे ।

उनका श्रीमती र छाेरा मात्रै भए काेठमा । श्रीमान जेलमा भएपछि श्रीमतीकाे सम्बन्ध घर मालिकका छोरा मोनूसँग रह्यो। सम्बन्धहरू विस्तारै गढा हुँदै गयाे। उनीहरू एक–अर्काबिना बस्नै नसक्ने भए । जब महिलाका श्रीमान ६ महिनापछि जेलबाट छुटे तब उनलाई उनीहरुको सम्बन्धबारे थाहा भयो ।

त्यसकारण उनले यी दुईको विवाह गराइदिए। उनले ग्राम पंचायत भवनमा सरपञ्च पवन कुमार साहसमेत थुप्रैको उपस्थितीमा दुईको विवाह गराइदिए । आफ्ना साढे दुई वर्षका छोरा पनि श्रीमती र उनका प्रेमीलाई उपहारमा दिए ।