धनगढीमा आजदेखि विश्व नेपाली नारी साहित्य महोत्सव सुरु (फोटो फिचर)

धनगढीमा आजदेखि विश्व नेपाली नारी साहित्य महोत्सव सुरु (फोटो फिचर)

धनगढी । धनगढीमा आजदेखि विश्व नेपाली नारी साहित्य महोत्सव सुरु भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साहित्य महोत्सवको उद्घाटन गरेका हुन् ।

सुदूर पश्चिमाञ्चल साहित्य समाजको आयोजनामा आजदेखि भएको साहित्य महोत्सव चैत १३ गतेसम्म सञ्चालन हुनेछ । 
त्यस क्रममा विभिन्न भेषभुषा, कला संस्कृति झल्कने झाँकी प्रस्तुत गरिएको छ । यस्तै साहित्यकार तथा स्रष्टाहरूलाई सम्मानित पनि गरिएको छ ।

No description available.
कार्यक्रम संयोजक यज्ञराज उपाध्यायले महोत्सवमा देश र विदेशका गरी करिब दुई सय साहित्यकारको सहभागिता रहेको बताए । सुदूरपश्चिमको भाषा साहित्य, लोक संस्कृतिको सम्बद्ध गर्नका लागि यो महोत्सवको आयोजना गरिएको उनको बताए । हामीले विश्व भरी यहाँको कला संस्कृतिलाई चिनाउनुका साथै सुदूरपश्चिमको धनगढीलाई बौद्धिक चेतनाको सहर भनेर चिनाउन यो महोत्सव आयोजना गरिएको  हो ।,’ उनले भने । 

No description available.

No description available.
विश्व नेपाली नारी साहित्य सम्मेलनमा भारतका विभिन्न राज्य, आसाम, देहरादुन, अमेरिका, भुटान, म्यानमारलगायतका देशबाट गरी दुई सय बढी नारी साहित्य स्रष्टाहरूको सहभागिता रहने जनाइएको छ ।

No description available.

No description available.
साहित्य समाजले यसअघि धनगढीमा २०७६ सालमा विश्व नेपाली साहित्य सम्मेलन र २०७८ सालमा नेपाली साहित्य सम्मेलन आयोजना गरिसकेको छ ।

No description available.

No description available.

No description available.