सुदूरपश्चिम प्रदेशको जनसंख्या २६ लाख ९४ हजार सात सय ८३

सुदूरपश्चिम प्रदेशको जनसंख्या २६ लाख ९४ हजार सात सय ८३

धनगढी । सुदूरपश्चिम प्रदेशका जनसंख्या २६ लाख नाघेको छ । केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार सुदूरपश्चिमको जनसंख्या २६ लाख ९४ हजार सात सय ८३ पुगेको छ ।

योसँगै सुदूरपश्चिम प्रदेश नेपालको सबैभन्दा धेरै जनसंख्या हुने पाँचौं प्रदेश बनेको छ । २०६८ सालको जनगणनामा सुदूरपश्चिम प्रदेशको जनसंख्या २५ लाख ५२ हजार पाँच सय १७ थियो ।

पछिल्लो १० वर्षको अवधिमा प्रदेशमा एक लाख ४२ हजार दुई सय ६६ (५ दशमलव २७ प्रतिशत) ले जनसंख्यामा बृद्धि आएको तथ्यांकमा उल्लेख छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार मधेश प्रदेश नेपालको सबैभन्दा धेरै जनसंख्या हुने प्रदेश बनेको छ । राष्ट्रिय जनगणनाको परिणाम अनुसार नेपालको जनसंख्या १० वर्षको अवधिमा दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ पुगेको छ ।