फाइनलमा पुगेमा सुदूरपश्चिम ११ लाई बुटवलमा सम्मान

फाइनलमा पुगेमा सुदूरपश्चिम ११ लाई बुटवलमा सम्मान

 धनगढी : तिलोत्तमा गोल्डकपको फाइनलमा पुगेको सुदूरपश्चिम ११ स्पोटस् क्लवको खेलाडी टोलीलाई बुटवलको बर्गर हाउसले सम्मान गरेको छ।

हाउसका सञ्चालक विकास भण्डारी र अनिल नेपालले चित्र प्रताप ठकुरी, जीवन थापा र बिनोद श्रेष्ठको सहकार्यमा सम्मान गरेका हुन् ।

हाउसका सञ्चालकले टिम कप्तान धनराज थापासहतिको फुटबल टोलीलाई फाइनलमा जीतको शुभकामना पनि दिए । यसअघि पनि बुटवलमा स्थानीयले क्लवलाई सम्मान गरेको टीम म्यानेजर अनिल कठायतले बताए ।

२२ औं संस्करणको तिलोत्तमा गोल्डकपमा यसअघिका दुई खेलमा लगातार जीत निकालेको सुदूरपश्चिमले शनिबार मनाङमस्र्याङ्दीसित उपाधिका लागि भिड्ने छ । यसअघि उसले आफ्नो पहिलो खेलमा आयोजक रुपन्देही र थ्री स्टार्सलाई हराएको थियो ।

मोफसलको पुरानो मानिने तिलोत्तमा गोल्डकपको स्थापना २०३१ सालमा तत्कालीन बुटवल नगर पञ्चायतले गरेको थियो। यो प्रतियोगिताको रूपन्देही जिल्ला फुटबल संघले आयोजना गरेको छ । आयोजक रूपन्देही ११, नेपाल पुलिस, एपिएफ, मनाङ मर्स्याङ्दी, थ्री स्टार, फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा र सुदूर पश्चिम ११ गरी आठ टिमले प्रतियोगितामा खेलेका हुन् ।