सुदूरपश्चिम ११ तिलोत्तमा गोल्डकपको फाइनलमा

सुदूरपश्चिम ११ तिलोत्तमा गोल्डकपको फाइनलमा

रुपन्देही । तिलोत्तमा गोल्डकपको पहिलो फाइनलिस्ट सुदूरपश्चिम ११ बनेको छ  । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा थ्री स्टार क्लवलाई १—० गोलअन्तरले पराजित गर्दै सुदूरपश्चिम ११ उपाधि नजिक पुगेको हो । 

खेलको ८६ औँ मिनेटमा सुदूरपश्चिम ११ का फागुराम थारुले गोल गरेका थिए । उनको सो गोल निर्णायक बन्यो । 

भोलि मनाङ मर्स्याङदी र फ्रेण्डस क्लबबीच दोस्रो सेमिफाइल खेल हुनेछ । सुदूरपश्चिम ११ ले यी दुईबीचको विजेतासँग शनिबार फाइनल खेल्नेछ ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा चलिरहेको तिलोत्तमा गोल्डकपमा दुई विभागीयसहित ८ टिम सहभागी भएको प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।