विश्वकै खतरनाक चरा, पञ्जाले हानेर मार्यो आफ्नै मालिकलाई…

विश्वकै खतरनाक चरा, पञ्जाले हानेर मार्यो आफ्नै मालिकलाई…

आफैले पालेको एउटा खतरनाक चराको आक्रमणबाट अमेरिकामा एकजना वृद्धको ज्यान गएको छ । ७५ वर्षका ती वृद्ध चराको आक्रमणबाट गम्भीर घाइते बनेको अवस्थामा उद्धारकर्मीहरुले उद्धार गरी अस्पताल पुर्‍याएका थिए । जहाँ उपचारकै क्रममा उनको मृत्यु भयो । ती व्यक्तिको नाम मार्भिन हाजोस हो । उनको फार्म हाउसबाट आकस्मिक रुपमा फोन आएपछि प्रहरी उद्धारका लागि पुगेको थियो । पुलिस त्यहाँ पुग्दा उनको रगताम्य शरीर सँगै क्यासोवरी नामको ठूलो चरा पनि देखियो । यो चरा विश्वको ठूलोमध्येको एउटा चरा हो । अस्ट्रिचजस्तै यो पनि उड्न नसक्ने चरा हो । यो वजन ६० किलो र उचाई ६ फिट सम्म हुन्छ ।

रिपोर्ट अनुसार हमला गर्ने चराको पञ्जामा करीब चार इन्चका खतरनाक नङ्ग्रा हुन्छन् । हाजोस कुनै कारणले आफ्नो घरबाहिर उक्त चराको अगाडि लडेको र लडिसकेपछि चराले आफ्ना पञ्जाले आक्रमण गरी मरणासन्न बनाएको अनुमान पुलिसले गरेको छ । उनले आफ्नो फार्ममा अन्य चरासँग उक्त खतरनाक चरा पनि पालेका थिए । पुलिसले यो घटनाको जाँच गरिरहेको छ । विज्ञका अनुसार यो पंक्षीले आफ्नो सिकारमाथि आक्रमण गर्दा आफ्ना छुराजस्ता नङ्ग्राले आक्रमण गर्दछ ।

यो हो दुनियाको अनौठो आलु होटेल – आलु सर्वसुलभ तथा परिकारका लागि सजिलो चिज । सबैलाई मन पर्छन् आलुका परिकार । त्यसैले यसलाई तरकारीको राजा पनि भनिन्छ । यो दुनियामा आलुले बनेको एउटा यस्तो ठाउँ छ, जहाँ जानका लागि मानिसहरु लाखौँ रुपैयाँ खर्च गर्दछन् । के तपाईंले कहिल्यै आलुको गेडाभित्र रात बिताउन पाइने लग्जरी होटेलको बारेमा सुन्नुभएको छ ? अमेरिकाको इदाहोमा एउटा यस्तो लग्जरी होटेल छ, जुन आलुको गेडामा बनेको छ ।

उक्त आलुको तौल ६ टन रहेको छ । उक्त आलु होटेल भित्र छिर्दा जो कोही पनि दंग पर्दछ । यो होटेलमा एक रात बस्नका लागि २ सय ४७ डलर तिर्नु पर्दछ । यो आलु होटेलमा एक पटकमा दुई जना पाहुना बस्न सक्दछन् । यसको इन्टेरियर डिजाइन निकै सुन्दर छ । मानिसहरुलाई खाने र बस्ने यहाँ गज्जबको सुविधा छ । साथै यसभित्र सानो बाथरुम र भान्सा पनि छ भने एयर कन्डिसनर पनि रहेको छ ।