साफ यू-१७ महिला च्याम्पियनसिपमा आज नेपालले भुटानसँग खेल्दै

साफ यू-१७ महिला च्याम्पियनसिपमा आज नेपालले भुटानसँग खेल्दै

काठमाडौं ।  बंगलादेशमा भइरहेको साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेल भुटानसँग खेल्दैछ ।

नेपाल र भुटानबीचको खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार बेलुका ७ बजे सुरु हुनेछ ।

पहिलो खेलमा भारतसँग ४-१ ले पराजित भएको नेपालका लागि उपाधिको सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने अवस्था छ ।

उता भुटान पनि पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग ८-१ ले पराजित भएको थियो । पाँच राष्ट्र सम्मिलित प्रतियोगितामा युरोपियन राष्ट्र रुस समेत सहभागी छ ।

रुसले आज घरेलु टोली बंगलादेशसँग पहिलो खेल खेल्दैछ र यो खेल दिउँसो ३ बजे सुरु हुनेछ । यसअघि गत नोभेम्बरमा यू-१५ फर्म्याटमा भएको च्याम्पियनसिपमा नेपालले उपाधि जितेको थियो ।